कीवर्डहरू -

विदेशबाट अब सिधैं सानिमा बैंकको भिसा कार्डमा पैसा पठाउन सकिने

विदेशबाट अब सिधैं सानिमा बैंकको भिसा कार्डमा पैसा पठाउन सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

अब विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ ।

नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम भएको बैंकको भनाइ छ ।

बैंकले भिसा इन्टरनेशनलसँग सहकार्यमा उक्त सेवा सुरू गरेको हो । यो सरल, सुरक्षित र छरिटो रहेको बैंकको दावी छ ।