कीवर्डहरू -

वर्ल्डलिंकको सहकार्यमा लोकसले ५० विद्यालयमा सञ्चालन गर्‍यो इन्टरनेट सचेतना कार्यक्रम

वर्ल्डलिंकको सहकार्यमा लोकसले ५० विद्यालयमा सञ्चालन गर्‍यो इन्टरनेट सचेतना कार्यक्रम

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्ससँगको सहकार्यमा पुल्चोक क्याम्पस ईन्जिनियरिङ अध्ययन संस्थानको  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन लोकसले देशभरका ५० विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन भएको सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित गरिएको थियो ।

लोकसले उक्त कार्यक्रममा विद्यार्थीहरुलाई इन्टरनेटको उपयोग, अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षा, साइबरबुलिङ, फिसिङ, इन्टरनेट लत आदिका बारेमा सचेत गराएको थियो ।

यसका साथसाथै लोकसले डडेल्धुरा, सुर्खेत, कास्की, मनाङ, चितवन, बारा र खांदबारीका ७ का विद्यालयमा बच्चलाई प्रविधिको बारेमा जानकारी पनि दिएको थियो ।

लोकसका अनुसार ५० जना विद्दार्थीहरुलाई ७ विभिन्न टोलीहरूमा विभाजन गरि माथि उल्लेखित जिल्लाहरुमा पठाइएको थियो।

प्राविधिक ज्ञान बढाउन र नयाँ पुस्तालाई सशक्तिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको लोकसको भनाइ छ ।
सन् २००३ देखि निरन्तर प्राविधिक प्रदर्शनी मेला लगायत अन्य विभिन्न आयोजना गर्दै आएको लोकस अहिले १९ औं संस्करणको तयारीमा छ ।

लोकस चौथो वर्षमा अध्ययनरत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ संकायका विद्यार्थीहरू मिलेर बनेको गैर-लाभकारी संस्था हो ।

स्वदेश र विदेशमा रहेका इन्जिनियरिङ विद्दार्थीहरुको उत्साहजनक सहभागितासाथ सम्पन्न हुदै आइरहेको लोकसले यस वर्ष प्रदर्शनीमा २ र विद्यालय तहका विद्यार्थीहरुलाई समेत समावेश गर्ने जमर्को गरेको छ ।

यसमा ३५ हजार बढी विद्यार्थी, शिक्षक, उद्यमी, व्यवसायी र कलाकार लगायत सहभागि हुने अपेक्षा गरिएको छ । आगामी माघमा हुने लोकस मेलामा विभिन्न वर्कशप, प्रदर्शनी र प्रतियोगिता हुनेछन् ।