कीवर्डहरू -

३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड  

३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड  

नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास साउनदेखि असोजसम्म टेलिकमले कुल ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको हो ।

गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा कुल आय रु. ८ करोड ७७ लाख ४३ हजार (अर्थात् ०.८० प्रतिशत) ले वृद्धि भई रु. ११ अर्ब ४ करोड ९० हजार पुगेको छ ।

आम्दानी बढ्दा टेलिकमको नाफा भने घट्न पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब २५ करोड  ९९ लाख ४ हजार रूपैयाँ नाफा गरेकोमा टेलिकमले यो वर्ष २ अर्ब २२ करोड ५५ लाख ७ हजार नाफा गरेको छ ।

त्यसैगरी टेलिकमको सञ्चालनमा आयमा समेत कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रूपैयाँ रहेको छ ।