कीवर्डहरू -

खानी उद्योगलाई डिजिटल बनाउँदै ह्वावे

खानी उद्योगलाई डिजिटल बनाउँदै ह्वावे

माइनहार्मोनीको व्यावसायीकरणको एक वर्ष पछि ह्वावेले फाइभजी र एआइमार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने घोषणा गरेको छ । ह्वावे कनेक्ट २०२२ मा बोल्दै ह्वावेका रोटेटिङ्ग अध्यक्ष केन हुले यस्तो बताएका हुन् ।

डिजिटलाइजेसन र स्मार्ट खानी रूपान्तरण गर्न कुनै पनि खानीका लागि पहिलो चुनौती उपकरणको अन्तरसम्बन्ध र अन्तरसञ्चालन स्थापना गर्नु हो ।

भूमिगत कोइला खानीहरूमा विभिन्न प्रोटोकलहरूमा चल्ने सबै प्रकारका यन्त्रहरू र उपकरणहरू जडान गरिएका हुनछन् र ती सबैलाई जडान गर्ने बाटो खोज्नु ठूलो चुनौती छ।

यसका लागि ह्वावे माइन टोली र चाइना इनर्जीले ३० भन्दा बढी साझेदारहरूसँग मिलेर तिन महिनामा इन्टरनेट अफ थिङ अपरेटिङ सिस्टम विकास गरेका छन् ।

प्रणालीले सबै आकारका उपकरणहरू र एकीकृत प्रोटोकलहरू प्रयोग गर्ने गर्दछ । यसका साथै उपकरण र प्रयोगकर्ता बीचको अन्तरसम्बन्धमा डेटा साझेदारी गर्छ ।

यसबाहेक फाइभजी र एआइ भिडियो स्टिचिङ प्रविधिले खनन गर्ने मेसिनहरूको रिमोट र सटीक नियन्त्रण गर्न सक्छ, जसले अफिसमा काम गर्ने व्यक्तिलाई टाढाबाट भूमिगत सञ्चालन नियन्त्रण गर्न अनुमति दिन्छ । यसले गर्दा कामको वातावरण र खानी सुरक्षामा सुधार हुने विश्वा गरिएको छ ।

यस प्रणालीको प्रयोगबाट २४ घण्टा नै सिस्टमको इन्टेलिजेन्स प्रविधिले निगरानी गर्ने भएकाले भूमिगत निरीक्षण कर्मचारीहरूको संख्या २० प्रतिशतले घटाउने बताइएको छ ।