कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई \'द हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई \'द हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “द हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वा हक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको “दहिमालयन ग्रिलबाई बाजेको” माफुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा  आवद्ध अन्य जुनसुकै बैंकको एटिमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यस्तै प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।