कीवर्डहरू -

यसरी बनाउनुहोस् फेसबुकमा आफ्नो अकाउन्टलाई सुरक्षित

यसरी बनाउनुहोस् फेसबुकमा आफ्नो अकाउन्टलाई सुरक्षित

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । यो हाम्रो जीवनको एक भागनै भईसकेको छ । नेपाली प्रयोगकर्ताहरु माझ फेसबुक एकदमै प्रख्यात रहेको छ । यस्तो सँधै प्रयोग गरिरहेको एपको अकाउन्ट केही भएमा हामलिाई गाह्रो पर्ने गर्दछ ।

आज हामी फेसबुकमा आफ्नो अकाउन्टलाई सुरक्षित बनाउनका लागि के गर्न सकिन्छ भनेर जानकारी दिनेछौँ । यसका लागि तलको प्रक्रियाहरु प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथम आफ्नो प्राइभेसी सेटिंगलाई अनली फ्रेण्डसमा परिणत गर्ने । यस्तो गरेमा तपाईले आफ्नो निजी जीवनलाई बाहिरी जीवनबाट छुट्याउन सक्नुहुनेछ । आफ्नो फेसबुक प्रोफाइल नचिनेको व्यक्तिलाई नदेखाउने वा आफ्ना सीमित मान्छेहरुलाई मात्रै देखाउन फेसबुकले केही प्राईभेसी सेटिङ्गहरु उपलब्ध गराएको छ ।

अर्काे उपाय भनेको आफ्नो निजी प्रोफाइललाई सर्च इन्जिनको रिजल्टबाट हटाउनु हो । यसका लागि तपाईले फेसबुकको सेटिंगमा गएर प्राइभेसीमा जानुपर्ने हुन्छ । त्यस्तै अकाउन्ट सुरक्षित बनाउने अर्काे उपाय भनेको डबल अथेन्टिकेसन फिचरलाई सुचारु गर्नु हो ।

यसमा तपाईले आफ्नै अकाउन्टलाई पनि कुनै अर्काे डिभाइसबाट लगइन गर्नु भएमा आफूनै हो भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यस्तै अल्र्ट सिस्टमलाई सुचारु गर्याे भने पनि अकाउन्टलाई सुरक्षित बनाउन सकिन्छ । अल्र्ट सिस्टम अन भएमा तपाईको अकाउन्ट कुनै अरु डिभाइसबाट लगइन भएमा तपाईलाई जानकारी आउने गर्दछ ।

प्राइभेसी सेटिंगलाई अपडेट गरेर पनि अकाउन्टलाई सुरक्षित बनाउन सकिन्छ । प्राइभेसी सेटिंगलाई पनि समयसमयमा अपडेट गरिरहनुपर्छ । तपाईको फेसबुक पेज छ भने बेग्लाबेग्लै मान्छेलाई भिन्नै पेज रोल प्रदान गर्नुपर्ने हुन्छ । यसले गर्दा तपाईको पेज बढि तपाईकै स्वायत्तमा रहन सक्छ ।