काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय रिलु इन्टरप्राइजेजले यो मेशिन ल्याएको हो ।
यसमा प्रयोगकर्ताले उत्कृष्ट विशेषताको अनुभव गर्न पाउँछन् । घर, अफिस, पसल आदिमा प्रयोग गर्न मिल्ने यो मेशिन सजिलै बोक्न मिल्छ । थोरै पावर मात्रै लिने भएकाले बिजुली वा ब्याट्रीको प्रयोग गर्न सकिन्छ । मेशिनमै इनबिल्ट वाटर रिजरभ्वयर भएकाले छुट्टै पानीको जार वा पम्प आवश्यक पर्दैन ।
रिलु इन्टरप्राइजेजले २ लेन, ४ लेन, ७ लेन क्षमता भएका कफी र टी मेशिनहरु पनि ल्याएको छ ।
कम्पनीका निर्देशक नवीन खड्का भन्छन् ‘धेरै मान्छेलाई चिया कफि तातोपानी खानको लागि समेत राम्रो भएकाले यस्ता मेशिनमा आर्कषण बढेको छ ।’ समयको बचत समेत गर्नुका साथै सबै तातो बस्तुको खानको लगि समेत राम्रो भएको उनी बताउछन् ।
कम्पनीले ४२ भन्दा बढी आइटम बजारमा ल्याएको छ । यसमध्ये चिया र कफीका १३ भन्दा बढी आइटम रहेका छन् । यसबाहेक Instant Premixes, Water Dispensers लगायत रहेका छन् ।
रिलु इन्टरप्राइजेजले विगत २ वर्षदेखि नेपालको सबै कुनामा सेवा दिदै आइरहेको छ । थप जान्न कम्पनीको वेबसाइट भिजिट गर्न सक्नुहुनेछ ।