दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम हुन थालेको दराजले जानकारी दिएको छ ।
‘नमस्ते, म दराजको भर्ती प्रबन्धक हुँ । हामी हाल पार्टटाइम अनलाइन कर्मचारीको भर्ती गर्दैछौं’ भन्ने म्यासेज आए त्यस्ता म्यासेजबाट सचेत रहन दराजले अनुरोध गरेको छ । ह्वाट्सएपमा उक्त म्यासेज दराजले नगरेको समेत स्पष्ट पारेको छ ।
दराजको नाम र लोगो प्रयोग गरेर रोजगारीको खोजिमा रहेका व्यक्तिलाई ट्रयापमा पारी व्यक्तिगत जानकारी चोर्न खोजिएको दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन् ।
‘दराजले ह्वाट्सएपमा यस्तो खालको म्यासेज पठाएको छैन् । त्यसमा कुनै पनि आफ्नो जानकारी नदिनुहोला,’ उनी भन्छिन्, ‘यदि त्यस्तो म्यासेज आएको खण्डमा दराजलाई रिपोर्ट गर्नुहोला । हामी स्क्यामरको विरूद्ध उचित कदम अगाडि बढाउने छौं ।’
यदी तपाईलाई पनि ह्वाट्सएपमा दराजमा अनलाइन रोजगारीको प्रलोभन देखाउने म्यासेज आए [email protected] मा रिपोर्ट गर्न सकिने छ ।