कीवर्डहरू -

नार्जो ५० आइ प्राइम नेपालमा, के के छन् सुविधा ?

नार्जो ५० आइ प्राइम नेपालमा, के के छन् सुविधा ?

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा अर्को एउटा सिरिज थपेको छ । कम्पनीले रियलमी नार्जो ५० आइ प्राइम थप गरेको हो ।

नयाँ स्मार्टफोनले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको भनाई छ ।

यसको पावरफुल युनिसक टी ६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्ने तथा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधिहरु प्रयोग गर्न तत्पर रहेको जानकारी गराएको छ । रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको कम्पनीको विश्वास छ ।

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ ।

८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ ।

यसमा भएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपीको एआइ क्यामरा राखिएको छ ।

त्यस्तै यसमा रहेको ५००० एमएएचको शक्तिशाली ब्याट्री स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, ३ जिबी र्‍याम र ३२ जिबी रोम भएको सेटको मुल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ भने ४ जिबि र्‍याम र ६४ जिबी रोम भएको सेटको मुल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ ।