इको फ्लोले एक घण्टामा नै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपालमा भित्र्याउने तयारी गरेको छ । इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई प्रयोग गर्दै डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू बनाएको कम्पनीका दाबी छ ।
इको फ्लो एक सुविधाजनक पावर र नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले नेपालमा जनजीवनलाई उत्तम बनाउनका लागि सुविधाजनक पावर स्टेशनहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराएको छ ।
कम्पनीको स्थापना सन् २०१७ मा ड्रोनका अग्रणी विकासकर्ताहरुको रुपमा उदाएका उद्यमीहरुबाट गरिएको थियो । यी विकासकर्ताहरुले ड्रोन ब्याट्रीलाई हलुका, धेरै टिक्ने र सबैभन्दा महत्वपूर्ण, अधिक शक्तिशाली बनाउनलाई काम गरेका थिए ।
इको फ्लोको अर्थपूर्ण नवीन ऊर्जा समाधानहरूको डिजाइन नै व्यक्ति व्यक्ति, परिवार र समाजमा व्यापक रुपमा प्रभाव पार्ने गरी गरिएको कम्पनीको दाबी छ ।
इको फ्लोको डेल्टा र रिभर सिरिजका पावर जेनेरेटरहरुले कार्यस्थल र घरको वैकल्पिक ऊर्जा, साहसिक कार्यको लागि स्वच्छ, शान्त र नवीकरणीय ऊर्जाको औद्योगिक परिमाणका साथ उपभोक्तालाई सुसज्जित पार्नेछन् ।
इको फ्लोको स्वामित्व अधिकार रहेको एक्स–स्ट्रिम प्रविधियुक्त स्मार्ट इन्भर्टर १ घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज भैसक्नेछ भनें १.६ घण्टाको अवधिमा यो पूर्णतः चार्ज हुनेछ ।
यसमा भएको एक्सबूस्ट प्रविधिको सहायताले इको फ्लो सुविधाजनक ऊर्जा स्टेशनहरुले सर्वाधिक धेरै ४५ सय वाटसम्मको ऊर्जा निष्कासन गर्न सक्दछन् ।