कीवर्डहरू -

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अब अनलाइनबाटै

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ ।

उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट मा “Apply Loan up to 5 Lakhs against FD”   मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम ५ लाखसम्म रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरूमा ९.१३३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ ।