कीवर्डहरू -

गूगल वर्कस्पेसमा नयाँ अपडेट सार्वजनिक

गूगल वर्कस्पेसमा नयाँ अपडेट सार्वजनिक

गूगल वर्कस्पेसको पछिल्लो अपडेटमा जिमेल सर्चलाई सुधारिएको छ । अब चाँडै गूगल मिटमा कल जोइन गर्दा वा डक्स, सिट्स तथा स्लाईड्स प्रयोग गरेर प्रिजेन्ट गर्नुपर्याे भने फाइल शेयर गर्न पनि सहज हुने भएको छ ।

तपाईले एकै पटक कलमा भएको सबैलाई एक्सेस दिन मिल्छ । यसले गर्दा डकुमेन्ट, स्प्रेडसीट तथा प्रिजेन्टेसनमै बसेर काम गर्न सकिने छ ।

योसँगै गूगलले तपाईका पछिल्लो जिमेल सर्च एक्टिभिटीलाई याद गरेर सर्च रिजल्टलाई पनि सुधार्न काम गरिरहेको छ । यी सबै फिचर गूगल वर्कस्पेसको प्रयोगकर्ताहरुले आगामी १५ दिन भित्र प्राप्त गर्नेछन् ।