कीवर्डहरू -

सहकारी सफ्टवेयर बिक्री वितरणको सम्झौता

सहकारी सफ्टवेयर बिक्री वितरणको सम्झौता

सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेयर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ ।

विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका लागि सजिलो कम्प्युटर सेन्टरसँग सम्झौता भएको हो ।

एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर चिरञ्जीवि अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहाल बीच चरिकोटमा सम्झौता भएको हो । अब सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुने भएको छ ।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशशन र अन्य धेरै सेवा सुविधाहरु रहेको अधिकारीले जानकारी दिए ।