टेक वेबिनार नेपालले 'आउटसोर्सिंग आईटी इन्डस्ट्री इन नेपाल' विषयमा प्यानल डिस्कसन सञ्चालन गर्ने भएको छ । टेक वेबिनार नेपालले लिभिङ विथ आइसिटी र इम्प्याक्ट हबसँगको सहकार्यमा मंसिर १९ गते प्यानल डिस्कसन हुने भएको हो ।
इम्प्याक्ट हब काठमाडौँमा सञ्चालन हुने प्यानल डिस्कसन सेसन दिउँसो २ बजेदेखि ४ः३० बजेसम्म आयोजना हुनेछ भने आउटसोर्सिङ उद्योग बारे वृहल छलफल हुनेछ ।
प्यानलिस्टमा टेकक्राफ्ट इन्कका कार्यकारी निर्देशक र बोर्ड सदस्य सन्तोष कोइराला, क्वीक्फक्स टेक्नोलिजजका सहसंथापक तथा सिईओ रिचन श्रेष्ठ र जेनेस सोल्युसनकी मानव संसाधन प्रबन्धक सजिना शर्मा रहेकी छिन् ।
त्यस्तै अरु प्यानेलिस्टमा एक्जन सिस्टमका वरिष्ठ व्यापार प्रणाली विश्लेषक रवि भट्टराई, एनसेलकी सूचना सुरक्षा इकाई प्रमुख यासमिन भट्टराई र यूसमका प्रडक्ट ओनर तथा डटनेट डेभ्लपर पासाङ तामाङ रहेका छन् ।
फ्युजमेसिनका सञ्चालन र प्रशासन निर्देशक सुमन महर्जनले प्यानल डिस्कसनमा सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । यस कार्यक्रममा सहभागी हुनलाई यहाँ क्लिक गरेर रेजिस्टर गर्नुहोस् ।