कीवर्डहरू -

विदेशी डिग्री  \'छ्यापछ्याप्ती\'

९४ बढी शिक्षण संस्था संचालनमा

विदेशी डिग्री  \'छ्यापछ्याप्ती\'

नेपालमा प्राविधिक र अन्तर्रािष्ट्रय पाठ्यक्रमअनुसारको शैक्षिक कार्यक्रम पढ्न चाहने विद्यार्थीको संख्या बढेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरुले ल्याएका चर्चित पाठ्यक्रममा विद्यार्थीको आकर्षण बढेसँगै स्वदेशमै उच्चस्तरका डिग्री सहजै उपलब्ध हुन थालेका छन् ।

यस्ता डिग्री नेपालमै बसेर वा इच्छा लागे सम्बन्धित विश्वविद्यालयमै गएर पढ्न पाइने भएकाले केही महँगो शुल्क तिरेर भएपनि विदेशी डिग्रीमा विद्यार्थी र अभिाभावक आकर्षित भएका हुन् । तर, यो शुल्क विदेशमा गई अध्ययन गर्दा लाग्ने कुल खर्चको सरदर १० देखि १५ प्रतिशत रकममात्रै भएकाले पछिल्लो विद्यार्थी पुस्ताको रोजाइ परिरहेको छ ।

हाल नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा ९४ शिक्षण संस्था सञ्चालनमा रहेको शिक्षा मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये केही संस्थाले शैक्षिक कार्यक्रम बन्द गरेका छन् भने केही संस्थाको मन्त्रालयले अनमति रद्ध समेत गरेको छ ।

\"\"

तीमध्ये स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने कलेजको संख्या ३० को हारहारीमा छ । यी कतिपय कलेजमा भर्ना हुन टोफल, आईईएलटीएस, स्याट, जीम्याटजस्ता अङ्ग्रेजी भाषापरीक्षा दिनुपर्ने हुन्छ भने कतिपयमा इन्ट्रान्स एक्जाम र इन्टर्नल एक्जामलाई आधार बनाइन्छ ।

नेपालमा विदेशी विश्वविद्यालयका बीबीए, बीकम, बीएस्सी एफडी, बीटीएम, बीएस्सी बीटी, बीएचएम, बीएजेएम, बीएस्सी आईटी, बीएस्सी कम्प्युटिङ, बीसीए, बीएस्सी मल्टिमिडिया टेक्नोलोजी, बीबीएमलगायत विषय उपलब्ध गराएका छन् ।

शिक्षा मन्त्रालयले मलेसिया, सिंगापुर, भारत, यूके, अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, फिलिपिन्स र थाइल्यान्डका विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजलाई अनुमति दिएको छ । यसमध्ये करिब एक दर्जन शिक्षण संस्थाले विदेशी आइटी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।


नेपालमा आइटीको विदेशी डिग्री

नेपालमा पहिलो पटक लर्डबद्ध एजकेशन फाउन्डेशनले विदेशको आइटी शिक्षा भित्र्याएको हो । यसपछि मात्र शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाका डिग्रीहरूको बढ्दो आकर्षणलाई मध्यनजरमा राख्दै विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ सालमा ल्यायो ।

यो निर्देशिकामा विदेशी शिक्षण संस्थाहरूलाई मान्यता प्रदान गर्न, नियमन तथा व्यवस्थित गर्ने उल्लेख छ । यसपछि भने आइटीमा पनि अन्य कोर्श आउने क्रम सरु भएको हो । विसं २०६३ सालबाट नेपालमा विदेशी शिक्षण संस्थाहरूबाट सम्बन्धन लिएर नेपालमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने कलेजहरूको संख्यामा वृद्धि आयो । अहिले दर्जन बढी आइटी कलेजहरु बिदेशी सम्बन्धनमा चलेका छन् । काठमाडौँमा मात्र नभएर प्रदेश उन्मुख शहरहरुमा सजिलो उपलब्ध हुन थालेका छन् ।

नेपालमा भारतीय विश्वविद्यालय एवं संस्थाका आइटी कार्यक्रमहरु रेगलर र डिस्टान्स मोडमा सञ्चालन हन थाल्यो । यसपछि इस्लिगटन कलेजले पहिलो पटक नेपालमा ब्रिटिश डिग्री सरु गर्यो भने सफ्टवारिका, ब्रिटिश कलेज, इन्फर्मेटिक्स कलेज (सिंगापुर), दी ब्रिटिश कलेज, नामी कलेज, आइएसएमटी लगायतले ब्रिटिश डिग्री भित्र्याए । साथै नेपालमा विसं. २०७२ मा मन्त्रालयले यो निर्देशिका पहिलो पटक परिमार्जन गरेको थियो भने ०७४ भदौमा दोस्रो पटक परिमार्जन गरेको छ ।

\"\"
९४ शिक्षण संस्था, आइटीतर्फ १५

शिक्षा मन्त्रालयको जेठ २०७४ सम्मको तथ्यांकअनुसार नेपालमा विदेशी विश्वविद्यालय अथवा विदेशी शिक्षणसंस्थाबाट सम्बन्धन लिई विभिन्न तह र विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या ९४ पुगेको छ । आइटीसँग सम्बन्धित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने कलेजको संख्या एक दर्जनजति छ ।

धेरैजसो आइटी पढाउने कलेजहरूले बेलायती विश्वविद्यालयको फ्रेन्चाइज इन्स्टिच्युटका रूपमा अध्यापन गराउँदै आएका छन् । यस्ता कलेजहरूमा द ब्रिटिश कलेज, इस्लिङ्टन कलेज र सफ्टवेरिका कलेज,आइएसएमटी,नामी कलेज, टेक्सास कलेज लगायत रहेका छन् । यसैगरी केही कलेज तथा शिक्षण संस्थाहरूले भारतीय तथा मलेसियन विश्वविद्यालयका आइटी कोर्सहरू सञ्चालन गर्दै आएका छन् ।


तर, भारतीय विश्वविद्यालयका केही कार्यक्रम त्यहाँको सरकारले नै बन्द गराएकाले सो कार्यक्रम सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका कलेजहरुले अन्य कार्यक्रम ल्याउन थालेका छन् ।