काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा असर नपर्ने गरी अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगरी आकस्मिक सञ्चारको प्रयोगमा सहयोग गरिदिनु हुन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ। यस्ता प्रकोपबाट हुन सक्ने जनधनको क्षति न्युनिकरणको लागि दूरसञ्चार सेवा अत्यावश्यक छ।
कहिकतै दूरसञ्चार सेवा अवरुद्व हुन भई आपतकालिन उद्वार कार्यमा बाधा परेको भए सम्बद्व संघ संस्था, नागरिक लगायत सरोकारवाला सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न हुन समेत दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ।
विनासकारी हावाहुरीको कारण भएको मानविय तथा भौतिक क्षति प्रति नेपाल दूरसञ्चार प्राधिकरणले गहिरो दुख र शोक ब्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।