काठमाडौं। दक्षिण कोरियाले फोजी भन्दा २० गुणा तिब्र पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाईभ जी दुरसंचार सेवाको विकास गरेको छ।
पाँचौं पुस्ताको तार रहित फाईभ जी प्रविधिले कुराकानी, डाटा ट्रान्सफर, पाउरोटी सेकाउने टोस्टर मेसिन, टेलिफोन, विद्युतीय कार र विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सहयोग गर्नेछ।
फाईभ जी प्रविधिको प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ।