खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने भएको छ ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।
यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ ।
यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जनताको दैनिक भुक्तानीलाई सहज बनाउन काठमाडौं महानगरसँग सहकार्य गरेको बताए ।
काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउने उनको भनाइ छ ।