नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार) ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।
अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिंग, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् ।
सन् २०१७ देखि काठमाडौँ उपत्यका भित्र संचालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो ।
कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजार भन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष लिएको छ ।
त्यसै अनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखेको उनले बताए । हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राही मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ ।
पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ । यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रबिन्दु पनि हो । पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए ।
सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छ । सेवा प्रदायकहरु सजिलो सेवासंग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए ।
पोखरामा सजिलो सेवासंग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट www.sajiosewa.com, एप वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्ने छन् l
उपत्यका भित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक २० हजारदेखि १ लाख ५० हजार रूपैयाँसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको छ ।
सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा “sajiloapp” प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त छुट प्राप्त गर्नेछन । पोखरा पछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी गरेको छ ।