कीवर्डहरू -

नेशनल साईबर ओलम्पियाडको क्वालिफाई चरण सम्पन्न

नेशनल साईबर ओलम्पियाडको क्वालिफाई चरण सम्पन्न

प्रशिक्षणको आयोजनामा मंसिर १३ गते देखि सुरु भएको नेशनल साईबर ओलम्पियाड-२०७९ का क्वालिफाई चरणका खेलहरु सम्पन्न भएका छन् ।

कार्यक्रममा काठमाण्डौ उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरु सहभागि भई प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो ।

क्वालिफाइ चरणका सम्पूर्ण खेलहरु फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतिदेवी, काठमाण्डौमा सन्चालन भएका थिए ।

ऐम्स एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल-टिम ए, ग्यालेक्सी पब्लिक स्कूल-टिम बि, रिलायन्स को-एड स्कूल, क्यारीबियन सेकेन्डरी स्कूल, पाठशाला नेपाल फाउन्डेशन, रिलायन्स पब्लिक स्कूल, काठमाण्डौ प्रज्ञा कुन्ज स्कूल, द न्यु समिट सेकेन्डरी स्कूल क्वालिफाइ चरणपार गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रतियोगिता मंसिर २२ गते बिहिबार फिनिक्स कलेज अफ मेनेजमेन्ट मैतिदेवी, काठमाण्डौमा हुने छ ।