कीवर्डहरू -

नास्टले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने, प्रस्ताव पठाउन आह्वान 

नास्टले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने, प्रस्ताव पठाउन आह्वान 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई अनुसन्धानमा सहयोग गर्ने भएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै नास्टले सहयोगका लागि अनुसन्धान प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० देखि सन्चालित युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिहरूले २१ दिनभित्र प्रस्ताव पठाउन सकिने नास्टले जनाएको छ ।

अनुसन्धान प्रस्ताव गर्ने व्यक्ति ४० वर्ष उमेर हुनुपर्नेछ । अनुसन्धान प्रस्ताव र आवेदन प्रतिष्ठानको खुमलटार स्थित केन्द्रीय कार्यालयमा दर्ता गराउन वा [email protected], [email protected] मा हस्ताक्षर सहितको प्रस्ताव पठाउन सकिने छ ।

नास्टको सात प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने अनुसन्धान प्रस्तावहरू सोही प्रदेशमा कार्यरत युवा वैज्ञानिक प्राविधिज्ञबाट पेश भएमा त्यस्ता प्रस्तावहरूलाई प्राथमिकता दिइने नास्टको भनाइ छ ।

प्रस्ताव पेश गर्दा बजेटको अधिकतम सीमा व्यक्ति / समूहगतको अनुसन्धानको लागि बढीमा ५ लाख रूपैयाँ र संस्थागत अनुसन्धानको लागि १० लाख रूपैयाँ र बहु विधागत अनुसन्धानका लागि १२ लाख रूपैयाँ तोकिएको छ ।

माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बढीमा पचास हजार र क्याम्पस स्तर (स्नातक) का |

विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बढीमा एक लाख र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बढीमा एक लाख रूपैयाँ प्रदान गरिने छ ।

विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रमको लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र स्याम्पसको सिफारिस पेश गर्नु पर्नेछ र यसको पूर्ण जिम्मेवारी सम्बन्धित विज्ञान शिक्षक हुने नास्टले जानकारी दिएको छ ।

अनुसन्धान प्रस्ताव पेश गर्दा नागरिकताको प्रतिलिपि र अद्यावधिक बायोडाटा अनिवार्य पेश गर्नु पर्नेछ । इमेलबाट प्रस्ताव पठाउँदा वर्ड र पीडीएफ फाइलमा पठाउनु पर्नेछ ।