कीवर्डहरू -

एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु

एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको, एन आई सी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप  योजनाहरु सार्वजनिक गरेको छ ।


 सवै तह र तप्काका आदरणिय ग्राहक महानुभावहरुलाई उपयुक्त “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक  तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैँकले लिएको छ ।


उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले रु १५ लाख सम्मको दुर्घटना बिमा र रु १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ ।


यो चमत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालयहरु,  अनलाइन बाट हाम्रा आदरणीय ग्राहक महानुभावहरुले सहज रुपमा बिना झन्झट खोल्न सक्नुहुनेछ । 


बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथी उल्लेखित सुविधाहरुको अतिरीक्त नेपालमै पहिलो पटक क्धभभउ क्ष्ल – क्धभभउ इगत को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन । देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएम बाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारिक वचत खाताहरुको योजना ल्याइएको छ । 


चमत्कारिक बचत योजना अन्र्तगत रहेको चमत्कारिक विशेषताहरुका अतिरीक्त थप फाइदाहरु सहित सबै तह र तप्काका आदरणीय ग्राहक महानुभावहरुलाई अतिरीक्त फाइदाहरु प्रदान गर्ने उद्देश्यले  बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनाहरु समेत सार्वजनिक गरेको छ ।

जस अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना , चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ ।