कीवर्डहरू -

गूगल होमको नयाँ इन्टरफेस सार्वजनिक

गूगल होमको नयाँ इन्टरफेस सार्वजनिक

गूगल होमले नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । गूगल नाइन टू फाइभको रिपोर्ट अनुसार यो नयाँ युजर इन्टरफेसले स्मर्ट होम डिभाइसलाई रुटिनसँग जोडेको छ ।

नयाँ अपडेटले गर्दा डिभाइसको अरु फिचरहरुलाई पनि व्यवस्थित गर्न सकिने छ । गूगल होममार्फत लाइन वा स्वीच अन अफ गर्न सकिन्छ ।

अब यो नयाँ अपडेटले गर्दा प्रयोगकर्ताह्रुलाई डिभाइस चलाउन झनै सहज भएको छ । इन्टरफेसले रंग तथा ब्राइटनेसमा पनि परिवर्तन ल्याएको छ ।

गूगलले डिभाइसको अटोमेसन सुधार्नमा अझै बढि काम गरेको छ । यसमा गूगल एसिस्टेन्ट प्रयोग गर्न पनि झनै सहज हुने भएको छ ।