कीवर्डहरू -

हल्ट प्राइज पुलचोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज पुलचोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज पुलचोक क्याम्पसले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार पुलोचोक क्याम्पसमा आयोजित एक कार्यक्रममा हल्ट प्राइजको बारे जानकारी दिदै अभिमुखीकरण समापन भएको हो ।

कार्यक्रममा अतिथिको रूपमा नेपालका सबैभन्दा कान्छा फेसन डिजाइनर तथा उद्यमी वरदान देवकोटा, प्रकृती ओस्ती, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुवर्ण शाक्य र डा. बसन्त जोशीको उपस्थिति रहेको थियो ।

विद्यार्थीको नोबेल पुरस्कार भनेर परिचित हल्ट प्राइज एक वर्ष लामो प्रतियोगिता हो । यसमा विजेतालाई १ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिन्छ ।  हल्ट प्राइजको यस वर्षको थिम ‘फेसन’ रहेको छ । उक्त थिममा आधारित रहेर विद्यार्थीले आफ्ना आईडिया प्रस्तुत गर्नुपर्नेछ ।

यस वर्षको हल्ट प्राइज एट आईओईलाई शीर्ष प्रायोजकको रूपमा मस्त कला रहेको छ भने अन्य प्रायोजकको रूपमा टास्केड र डिजिटल ओसन, एनएमबि क्योपिटल र प्रोटोजोआ होस्ट रहेका छन् ।