कीवर्डहरू -

नेपाल रेमिटको सीईओमा खनाल नियुक्त, डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने

नेपाल रेमिटको सीईओमा खनाल नियुक्त, डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड अकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् ।

खनाललाई नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले एक कार्यक्रमकाबीच स्वागत गरेका हुन् । २९ वर्षिय खनालसँग रेमिट्यान्स् क्षेत्रमा ७ वर्ष भन्दा बढी समयको काम गरेको अनुभव छ ।

आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिइने बताए ।

विगत १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनलले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।