कीवर्डहरू -

एयरड्रप फिचरमा सुरक्षा प्रतिबन्ध लगाउँदै एप्पल

एयरड्रप फिचरमा सुरक्षा प्रतिबन्ध लगाउँदै एप्पल

आईफोनले चीनमा जसरी आईओएस १६.२ सार्वजनिक गरेर एयरड्रपमा सुरक्षा प्रतिबन्ध लगाउने भएको छ । एप्पलको आगामी आइओएस अपडेटले सबैका लागि एयरड्रप सुरक्षा सशक्त बनाउने भएको हो ।

एयरड्रप मार्फत फोटो, भिडियो, वेबसाईट, लोकेसन आदि अरू प्रयोगकर्तासँग सेयर गर्न मिल्छ । तर अब आईओएस १६.२ सार्वजनिक भएपछि एयरड्रप एएभरीवानबाट एयरड्रप  कन्ट्याक्टस अनली गर्न सकिनेछ ।

यसबाट जथाधावी आइफोन हुने सबैले फोटो एयरड्रप गर्दै बसिरहने झनझटबाट बाँचन सकिन्छ । एयरड्रप एभरीवान फिचरले गर्दा प्रयोगकर्ताहरुले एकदमै धेरै अभद्र फोटो तथा यौनसम्बन्धी सामाग्री पाउन थालेपछि एयरड्रप रेस्ट्रिक्ट गर्न मिल्ने फिचर सार्वजनिक गर्न लागेको एप्पलको भनाइ छ । एयरड्रपमा इन्ड टू इन्ड इन्क्रिप्सन फिचर पनि रहेको छ ।