कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ विद्यार्थीका परियोजना छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ विद्यार्थीका आईडियाबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधा अन्तर्गत कुल ५२ आईडियाले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो ।

उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनोटका लागि अहिले पब्लिक भोटिङ चलिरहेको छ । आईएमई पेको मोबाइल एप र एसएमएसबाट भोटिङ गर्न सकिने छ ।


आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ


राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो ।

यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट यस प्रकार छन् ।

आस्क म्याटरब

आस्क म्याटरब विद्यार्थीहरुका लागि उपयोगी निःशुल्क लर्निङ प्लेटफर्म हो । यसले विद्यार्थीहरुलाई गुणस्तरीय नोट प्रदान गर्छ । नोट प्रदान गर्नु साथै आस्क म्याटरबले देशभरिका विद्यार्थीहरुलाई एकीकृत गर्ने पनि गरेको छ ।

यस प्लेटफर्ममा मेन्टरको सोलुसनमात्रै नभएर विद्यार्थीबाटै पनि समाधान निकाल्ने कोसिस गरिन्छ । यसमा विद्यार्थीलाई आफै समस्या समाधान गर्न प्रोत्साहित गरिन्छ र त्यसलाई कम्युनिटीले विश्लेषण गर्ने गर्दछ ।

आस्क म्याटरबले शिक्षामा रहेको दूरीलाई जोड्ने उद्देश्यसहित काम गरिरहेको छ । यस प्लेटफर्ममा विद्यार्थीहरुले आफ्नो कथा समेत बताउने गर्दछन् । हाल आस्क म्याटरबमा तीस हजार भन्दा बढि पाठक तथा १ हजार ४५० बढि पठन स्रोतहरु रहेका छन् ।

आस्क म्याटरबले आफूलाई अन्तर्क्रियात्मक प्लेटफर्म बनाउनका लागि काम गरिरहेको छ । यसमा २ हजार बढि विद्यार्थीहरु जोडिएका छन् र यसमा १२० बढि क्रियटर र ४० बढि एडमिन रहेका छन् ।

कमर्सियलाइजेसन अफ अटोनोमस इगलआई अनम्याण्ड एरियल भेइकल (यूएभी)

अनम्याण्ड एरियल भेइकल (यूएभी) ले द्रुत निगरानी, थ्रीडी म्यापिङ, थर्मल इमेजिङ, सैन्य सेवा, वातावरणीय अध्ययन, आपतकालीन राहत, र एरियल सीडिङको सम्भावना बढाउने गर्दछ । कम लागत र द्रुत कार्य कार्यान्वयनको साथ यी काम गर्न यसको डिजाइन गरिएको हो ।

यो एक निश्चित क्षेत्र वरिपरि लगभग ६० मिनेट लगातार उड्न सक्छ । यसको डिजाइनकै कारणले यसको लागत करिब रु. ९० हजार मात्रै पर्ने गर्दछ, जुन एउटै एप्लिकेसनको लागि बनाइएको ड्रोनको लागतको तुलनामा लगभग आधा हो । यस प्रडक्टको विशिष्टता भनेको ड्रोनको तुलनामा कम लागत र बढेको उडान समय हो ।

कारोबार

कारोबार नेपाली एमएसएमई, नेपाली डिजिटल खाताको लागि मोबाइल अकाउन्टिङ एप हो । कारोबार एप मार्फत, एमएसएमईहरूले सजिलैसँग आफ्नो व्यापार लेखा र मोबाइलबाट इन्भेन्टरी व्यवस्थापन गर्न सक्छन् ।

कारोबार एउटा नेपाली डिजिटल खाता हो । हाल लगभग ३५ हजार बढि डाउनलोडहरू रहेका छन् र ३० हजार भन्दा बढी व्यवसायहरू करोबार एपमा दर्ता भएका छन् ।

तिनीहरूले मोबाइलबाट आफ्नो व्यापार पसल र सूची व्यवस्थापन गर्न कारोबार एप प्रयोग गर्छन् । साना व्ववसायलाई लक्षित गर्दै कारोबार एपको विकास गरिएको छ । यसबाट बिक्री, खरिद, स्टक र पार्टी क्रेडिटहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।

कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो लेखा र स्टकहरू व्यवस्थापन गर्न सहज किसिमको मोबाइल इन्टरफेस प्रदान गर्ने गर्दछ । यो नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ र यसले अफलाइनमा पनि काम गर्छ । नेपालमा पनि सामान्यतया लेनदेन क्रेडिटमा हुन्छ र पसलहरूले परम्परागत कागज खाता प्रयोग गर्छन् ।

यस्तोमा कागज बनाउन धेरै रूखहरू काट्नु पर्छ र तिनीहरूको लेनदेनको विवरण रेकर्ड गर्दा / फेला पार्दा पार्टी खोज्नु फलदायी हुँदैन र यस्तो झन्झटबाट बच्नका लागि पनि करोबारले मद्दत गर्ने गर्दछ ।

कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो पसललाई डिजिटलाइज गर्न र डिजिटल नेपाल प्रवर्द्धन गर्न मद्दत गर्छ । यो नेपालका हरेक पसललाई चाहिने मोबाइल समाधान हो ।

नेप्टु

नेप्टु (नेपाल टुरिज्म) एक एप हो, जसले स्थानीय उत्पादन, भ्रमण गर्ने ठाउँ र स्थानीयको मद्दतसहित सबै पर्यटक साइटहरू बारे जानकारी प्रदान गर्दछ । पर्यटकले त्यस स्थानमा कुनै पनि साइटहरू नछुटाई ठाउँहरू भ्रमण गर्न सक्छन् ।

यसको वेब/एप मार्फत प्रयोगकर्ताले भ्रमण गर्ने ठाउँ बारे जानकारी पाउँछन् । पर्यटकहरूले नेप्टु प्रयोग गरेर प्रख्यात र कम प्रख्यात स्थानहरूको बारेमा थाहा पाउनेछन्, जसले गर्दा अर्को गन्तव्य छनोट गर्न सहज हुनेछ ।

नेप्टुले पर्यटकहरूलाई थप अन्वेषण गर्न र सुरक्षित महसुस गर्न मद्दत गर्नेछ । नेप्टु एप मार्फत पर्यटकहरूले नेपालभर घुम्न सक्छन् र उनीहरू गएको ठाउँबाट स्थानीय गाइडहरूले पर्यटकहरूलाई मद्दत गर्नेछन । यसकारण पर्यटकहरू नेपालमा लामो समयसम्म बस्नेछन् र अधिक खर्च गर्नेछन् ।

यसले गर्दा विदेशी स्रोतहरूबाट आम्दानी बढ्ने विश्वास गरिएको छ । एपमा स्थानीय उत्पादन, परम्परा र संस्कृतिका बारेमा जानकारी पनि राखिएको छ ।

पर्यटकहरूको सुरक्षाको लागि स्थानीय अधिकारीहरूसँगको सहकार्य पनि गरिने नेप्टुको भनाइ छ । एपबाट पर्यटकहरूलाई कुन सेवाहरू बढी प्रख्यात छन् भनेर जान्न सकिन्छ ।

साराङ्ग

साराङ्ग विद्यार्थीले नेतृत्व गरेको स्टार्टअप हो, जसले नेपालको सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न मद्दत गर्दछ ।

यसले ट्राभल टेक उद्योगमा प्रडक्टहरुको विकास गर्ने र सम्पदाहरूको सूचना प्रवाह प्रणालीलाई डिजिटलाइज गर्न काम गरिरहेको छ ।

कम्पनीका अनुसार यसले क्युआर संलग्न बोर्डहरू निर्माण गर्नेछ, जसलाई सम्पदा स्थलहरूमा राखिनेछ । यी क्युआर कोडहरूलाई स्क्यान गरेपछि यसले प्रयोगकर्तालाई विश्वका सबै प्रमुख भाषाहरूमा सम्पदाको बारेमा बताउँनेछ र सम्पदा वरिपरिको भ्रमण गराउनेछ ।

साराङ्गले नेपालभर १०० वटा बोर्ड राखेको छ, जसमा क्युआर कोड छन् । साराङ्गका केही उल्लेखनीय स्थानहरू लुम्बिनी, जनकपुर नगर, ठमेल, बुढानिलकण्ठ, दक्षिणकाली आदि हुन् ।

यसले सयौँ सम्पदाहरूको डिजिटल फुटप्रिन्ट सिर्जना गरेको छ । ठमेलजस्ता पर्यटकीयस्थलको थालनी गर्ने आधार बनेको भगवान बहलजस्ता बिर्सिएका र किनारा लगाइएका ठाउँलाई साराङ्गले प्रवर्द्धन गर्ने छ । यसले नेपालमा घुम्न जाने ठाउँहरूको बारेमा जान्न चाहने पर्यटकहरूकालाई सबै जानकारी उपलब्ध गराएको छ ।

यसले नेपालको सम्पदा र संस्कृतिको संरक्षण गर्दछ । त्यस्तै यसले पर्यटन गतिविधिहरूलाई पनि बढावा दिन्छ । यसले पर्यटनमा आधारित स्थानीय अर्थतन्त्रलाई जीवन्त बनाउँन मद्दत गर्ने बताइएको छ ।

साराङ्गले अमेजन क्लाउड सेवा र आर्टिफिसियल इन्टेलिजेन्स उपकरण पनि प्रयोग गरेको छ, जसले गर्दा यसले स्थलहरुको जानकारी विश्वका सबै प्रमुख भाषाहरूमा पहुँचयोग्य बनाउन सक्छ ।