विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जिभि अनलाईन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो ।
नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ कन्फरेन्स समारोहमा सोही अवार्ड प्रदान गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन आयोजना भएको उक्त कन्फरेन्स्मा ५० हजार राशीको उक्त अवार्ड हेल्थ एट होभका तर्फबाट प्रदान गरिएको थियो ।
सोही सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरू तथा नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल हेल्थका क्षेत्रमा जिभि (व्भभखभभ) नेपालले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
हेल्थ एट होमले यसअघि नाइटिङ्गल नर्सिङ अवार्ड २०२२ बाट वरिष्ठ नर्स बिमला श्रेष्ठलाई अवार्ड प्रदान गरेको थियो । कम्पनीले आगामी दिनमा पनि स्वास्थय क्षेत्रमा विशेष योगदान दिने,स्वास्थ्य क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान तथा अवार्ड प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
जिभि नेपाल स्वास्थ्य सेवाको लागि समर्पित नेपालको पहिलो ई-कमर्स प्लेट फर्म हो । यसमा विभिन्न किसिमका भेराइटीहरु उपलब्ध छन् । आभूषण कंसाकार संस्थापक रहेको यस कम्पनी मार्फत दैनिक एक हजार भन्दा बढी फार्मेसी सामाग्रीहरु डेलिभरि हुँदै आएका छन् ।
कम्पनीले प्रविधि मार्फत स्वास्थ्य क्षेत्रलाई प्रविधि मार्फत अप्टिमाइज गर्ने, समाधानहरू लागू गर्ने र जनतामा किफायती, गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।
हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ ।
हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।