कीवर्डहरू -

नेशनल साईबर ओलम्पियाडको सेमिफाइनल सम्पन्न, फाइनलमा ४ स्कुलका टिम प्रवेश

नेशनल साईबर ओलम्पियाडको सेमिफाइनल सम्पन्न, फाइनलमा ४ स्कुलका टिम प्रवेश

प्रशिक्षणको आयोजनामा मंसीर १३ गते देखि सुरु भई मंसीर २६ गते सम्म संचालन भइरहेको नेशनल साईबर ओलम्पियाड-२०७९ का सेमिफाइनल चरणका खेलहरु मंसीर २२ गते विहिवार फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतिदेवी, काठमाण्डौमा सम्पन्न भएका छन् ।

कार्यक्रममा काठमाण्डौ उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरु सहभागि भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो ।

सेमिफाइनलमा ऐम्स एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल-टिम ए, ग्यालेक्सी पब्लिक स्कूल-टिम बि, रिलायन्स को-एड स्कूल, क्यारीबियन सेकेन्डरी स्कूल, पाठशाला नेपाल फाउन्डेशन, रिलायन्स पब्लिक स्कूल, काठमाण्डौ प्रज्ञा कुन्ज स्कूल, द न्यु समिट सेकेन्डरी स्कूलले  प्रतिस्पधा गरेका थिए ।

सेमिफाइनल प्रतियोगितावाट उत्कृष्ट हुदैं ऐम्स एकेडेमी, रिलायन्स को-एड स्कूल, पाठशाला नेपाल फाउन्डेशन र रिलायन्स पब्लिक स्कूल गरी ४ वटा स्कुलका टिम फाइनल चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको फाइनल चरण तथा समापन समारोह मंसीर २६ गते सोमवार रसियन हाउस, कमलपोखरी काठमाण्डौमा ११ वजे देखि संचालन हुने छ ।