कीवर्डहरू -

इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।

विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी साधनबाट अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल विलिङ मोटर्स अन्तर्गत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेसियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको विलिङ एयर इभी कार लन्च गरेको छ ।

यी इलेक्ट्रिक गाडी बिभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका कम्पनीले जानकारी दिएको छ ।