कीवर्डहरू -

खल्तीमा बैंक खाता लिंक गर्दा दैनिक टिभी जित्ने मौका

खल्तीमा बैंक खाता लिंक गर्दा दैनिक टिभी जित्ने मौका

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ । यस अफर अन्तर्गत खल्तीले आफ्नो लिङ्क गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दै छ ।

साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिङ्क गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा रु. १०० को बोनस तत्काल पाउनेछन् ।

यो बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिङ्क गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताहरूका लागि लागु हुनेछ ।

यसैबीच, यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२ टिभी प्रदान गरिनेछ । खल्ती प्रयोगकर्ताहरूसँग बैंक खाता लिङ्क गर्नको लागि उनीहरूको KYC प्रमाणित हुनुपर्छ।

बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न अफर ल्याएको बताए । यस अफरलाई थप आकर्षित बनाउँदै खल्तीले हरेक हप्ताको सोमबार र बिहिबार फायर सेल (Fire Sale) पनि ल्याएको छ।

प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट (ISP), डाटा प्याक, जीवन बीमा, जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

खल्तीमा बैंक खाता लिङ्क भएपछि, प्रयोगकर्ताहरूले युटिलिटि बिल, क्युआर स्क्यान गरि भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै लिङ्क गरिएको बैंक खाताबाट गर्न सक्द्छन्।

यो अफर मङ्सिर २२ देखि माघ ७ गतेसम्म लागु हुनेछ । साथै, यदि बैंक खाता लिङ्क गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन।

खल्तीले आफ्नो चलिरहेको "खल्तीमा आइमा ई-स्कुटर" अफर पनि सञ्चालन गरिरहेको छ जहाँ प्रयोगकर्ताहरूले रु १०० को टपअपमा 'AIMA टाइगर S5 EV स्कुटर' जित्न योग्य हुनेछन् ।

यसका साथै हरेक हप्ता एक जना भाग्यशाली विजेताले AIMA गुडीज जित्ने मौका पाउनेछन्। तसर्थ, जो कोहीले आफ्नो बैंक खाता लिंक गरी भुक्तानी गर्छ भने दुवै प्रस्तावमा भाग लिन योग्य छन्।