कीवर्डहरू -

१ वर्षको डिशहोमको रिचार्ज गर्दा तामाङले पाइन् १ लाख नगद 

१ वर्षको डिशहोमको रिचार्ज गर्दा तामाङले पाइन् १ लाख नगद 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ की दिपा तामाङले एकलाख नगद जितेकी छन् ।

स्ट्रोम नेटवर्क डिलर अन्तर्गत रहेको BBHKT3-29 का मध्यपुरक डिशहोम सबको डिलर दाईकोबाट १ वर्षको रिचार्ज गर्ने तामाङले १ लाख पुरस्कार हात पारेकी हुन् ।

डिशहोमका सेल्स अफिसर हरि केसीले सो पुरस्कार हस्तानतरण गर्दै डिशहोमका ग्राहकलाई यस योजनामा सहभागी हुन आग्रह गरेका थिए ।

यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम शोकेसमा हेर्न सकिने छ ।