कीवर्डहरू -

नेपालमा पनि मनाइयो एडब्लुएस कम्युनिटी डे

नेपालमा पनि मनाइयो एडब्लुएस कम्युनिटी डे

अमेजन वेब सर्भिसेज (एडब्लुएस) कम्युनिटी डे २०२२ सम्पन्न भएको छ । एडब्लुएस युजर ग्रुप नेपालले मंसिर २४ गते त्रिपुरेश्वरमा एडब्लुएस कम्युनिटी डे मनाएको हो ।

कार्यक्रममा डेभलपर, आइटी म्यानेजर, विजनेश लिडर, प्राविधिक संस्थापक, आइटीका विद्यार्थीहरुको संलग्नता रहेको थियो । कार्यक्रममा किनोट स्पीकरको रुपमा अमेजन वेब सर्भिसेजका एम्बास्डर अनजनी फुँयाल र अमेजन वेब सर्भिसेजकै वरिष्ठ सोलुसन आर्किटेक्ट करण देसाई रहेका थिए ।

अमेजन वेब सर्भिसेजले विश्वकै पहिलो डिप रेसर प्रतिस्पर्धा पनि नेपालमा गराएको थियो । सहभागीहरुले पाइथन प्रयोग गरेर रिइन्फोर्समेन्ट लर्निङ मोडेल निर्माण गरेका थिए । सहभागीले स्वाग तथा गिफ्टहरु पनि पाएका थिए ।