कीवर्डहरू -

स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने एप ‘स्थानीय सरकार सञ्चालन पात्रो’

स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने एप ‘स्थानीय सरकार सञ्चालन पात्रो’

स्थानीय सरकार सञ्चालन पात्रो मोबाइल एप सार्वजनिक भएको छ । स्मार्ट पालिका प्रालिले तयार पारेको ‘स्थानीय सरकार सञ्चालन पात्रो’ एप आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री शेर बहादुर देउवाले सार्वजनिक गरेका हुन् ।

स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने उद्देश्यले एप निर्माण गरिएको स्मार्ट पालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भण्डारीले बताए ।

आर्थिक वर्षमा आधारित स्थानीय सरकार सञ्चालन पात्रो एपमा पात्रोका साथै आगामी गतिविधिहरू हेर्न सकिने छ । स्थानीय तहले आफ्नो पात्रो अनुसार एपमा विवरण राख्न सक्नेछन् ।

एपमा आफुले गते अनुसार रिमाइन्डर पनि राख्न सकिने छ । यसका साथै नोट्समा क्लिक गरेर सो दिनका लागि जानकारीहरू लेख्न समेत सकिने जनाइएको छ ।

यसमा नोटिफिकेसनको सुविधा पनि रहेको छ । नोटिफिकेसनमा थिचेर महिनाभरका गतिविधिहरू थाहा पाउने सकिने स्मार्ट पालिकाले जनाएको छ ।

एपमै स्थानीय तहसँग सम्बन्धि जानकारीमूलक भिडियोहरू पनि हेर्न सकिने छ भने स्रोत सामग्रीहरू पढ्न पनि सकिने छ ।

स्थानीय सरकार सञ्चालन पात्रो एप गूगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।