कीवर्डहरू -

युएसबी टाइप सी चार्जर बनाउन एप्पललाई यूरोपेली आयोगको म्याद

युएसबी टाइप सी चार्जर बनाउन एप्पललाई यूरोपेली आयोगको म्याद

यूरोपेली आयोगले एप्पलको चार्जर युएसबी टाइप सी बनाउनलाई सिमित समय निर्धारण गरिदिएको छ । यूरोपेली युनियनको यूरोपेली आयोगले स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स उत्पादकहरुमा केही समय अघि युएसबी टाइप सी चार्जर अनिवार्य गर्ने प्रस्ताव गरेको थियोे ।

टाइप सी चार्जर निर्माण गर्नका लागि एप्पललाई आयोगले डिसेम्बर २७, २०२४ सम्मको समय दिएको छ । फोनको अतिरिक्त यो नियम अन्य उपकरणहरु जस्तै ट्याब्लेट, हेडफोन, पोर्टेबल स्पिकर, भिडियो गेम कन्सोल, र क्यामराहरुमा लागू हुने जनाइएको थियो ।

आयोगको यो समयावधीले सबैभन्दा ठूलो असर एप्पललाई पर्ने देखिन्छ । किनभने एप्पलले आफ्ना डिभाइसमा आफ्नो स्वामित्वमा रहेको लाइटनिङ्ग कनेक्टरको प्रयोग गर्दै आएको छ । एप्पलले भने उक्त नियमको आलोचना गरेको छ ।

कम्पनीले त्यस्तो निर्णय भए दशौँ लाख उपकरण बेकामे हुने र थप इलेक्ट्रोनिक फोहोर निर्माण हुने चेतावनी दिएको छ । उक्त नियममाथि पहिले युरोपेली संसद तथा राष्ट्रिय सरकारहरूमा छलफल भएको थियो र टाइप सी चार्जर नै हुनुपर्ने निर्णय लिइएको हो ।