कीवर्डहरू -

दराज १२.१२ मा सानिमा बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

दराज १२.१२ मा सानिमा बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु. १,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम रु १,२१२ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगइन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरिद गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ मङ्सिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।