कीवर्डहरू -

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि उत्कृष्ट दश सार्क मुलुकहरुबाट छानिएका हुन् ।

शीर्ष दशमा बंगलादेशबाट बोराक सर्भिसेज लिमिटेड, नेपालबाट बगभी सफ्टवेयर टेक्नोलोजिज तथा श्रीलङ्काबाट एक्जामहब पर्न सफल भएका छन् ।

त्यस्तै श्रीलङ्काबाटनै म्याजिक बिट, अफगानिस्तानबाट माक्तब, बंगलादेशबाट मतिर प्रान र पाकिस्तानबाट पोल्टा इन्क पनि उत्कृष्ट दशमा पर्न सफल भएका छन् ।

यसैगरी बंगलादेशको स्क्वार फिट प्लेटफर्म लिमिटेड, भारतको टेक फोर बिलियन र बंगलादेशबाट भोबोन पनि शीर्ष दशमा पर्न सफल भएका हुन् ।

सार्क देशका स्टार्टअपलाई लक्षित गर्दै केही समय अगाडि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेसम खुला गरिएको थियो ।

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि ५० बढी नोमिनेसन आएको इन्फोडेभल्पर्स आइसिटी अवार्डका कार्यक्रम संयोजक राजन लम्सालले बताएका छन् ।

हिजो अर्थात डिसेम्बर ११, २०२२ मा साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि प्रेजेन्टेस सेसन सम्पन्न भई उत्कृष्ट दश सार्वजनिक गरिएको हो । चाँडै उत्कृष्ट ५ पनि सार्वजनिक गर्ने आयोजकले जानकारी दिएको छ ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जिनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट रहेको छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनाले २३ डिसेम्बर २०२२ मा द सोल्टी काठमाडौंमा आयोजना भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक लम्सालले जानकारी दिए ।