कीवर्डहरू -

के तपाई घन्टौँ फेसबुकमा बिताउनुहुन्छ ?यसरी राख्नुस् स्क्रीन टाइम लिमिट

के तपाई घन्टौँ फेसबुकमा बिताउनुहुन्छ ?यसरी राख्नुस् स्क्रीन टाइम लिमिट

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । अहिले एपमा रिल्स पनि थपिएका कारण कति एप चलाइयो भनेर ध्यान हुँदैन् ।

यस्तोमा फेसबुक चलाउन समय सिमा तोकेर त्यसलाई कम गर्न सकिन्छ । मेटाले फेसबुकमै स्क्रीन टाइम सिमा तोक्ने सुविधा दिएको छ । यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा फेसबुक खोल्नुपर्ने होस् ।

अब स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । यसपछि सेटिंग एण्ड प्रइभेसी ट्याबमा क्लिक गर्नुहोस् । अब योर टाइम अन फेसबुक अप्सनलाई सेलेक्ट गर्नुहोस् ।

त्यसपछि म्यानेज योर टाइम भन्ने ट्याबमा क्लिक गर्नुहोस् । अब सेट अ डेली रिमाइन्डर भन्ने अप्सनमा क्लिक गर्नुहोस् र अब आफूलाई चलाउन मनलाग्ने समय छनोट गरेर सेट रिमाइन्डर बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईको इच्छा अनुसार फेसबुक चलाउने समय सिमा कायम हुनेछ ।