कीवर्डहरू -

नमस्ते पेमा उपलब्ध भयो स्प्लिट बिलको सुविधा 

नमस्ते पेमा उपलब्ध भयो स्प्लिट बिलको सुविधा 

डिजिटल वालेट नमस्ते पेमा स्प्लिट बिलको सुविधा उपलब्ध भएको छ । एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताले यसको फाइदा लिन सक्नेछन् ।

साथीभाई र आफन्तसँग खाजा खादा होस् या शपिङ जादा नमस्ते पेको स्प्लिट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ । क्युआर स्क्यानमार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधाबाट लाभ लिन सकिन्छ ।

नेपालको डिजिटल पेमेन्ट्स कम्पनी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । थप जानकारीका लागि www.namastepay.com खोल्न सकिने छ ।