कीवर्डहरू -

अनलाइन जुवा तथा बेटिङ गर्नेको बैंक खाता, मोबाइल वालेट रोक्का गर्ने राष्ट्र बैंकको चेतावनी

अनलाइन जुवा तथा बेटिङ गर्नेको बैंक खाता, मोबाइल वालेट रोक्का गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुमा सलान नहुन अनुरोध गरेको छ ।

अनलाइन जुवा तथा तथा बटिङ नेपालमा गैर कानूनी रहेको भन्दै राष्ट्र बैंकले यस्ता प्रकृक्तिका कारोबारहरूमा सहभागी नहुन राष्ट्र बैंकले सर्बसाधारणमा आग्रह गरेको हो ।

विद्युतीय भुक्तानी कारोबारर मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति / समुह / संस्थालाई कानूनी कारवाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

यस बैंकबाट इजाजत/ अनुमतिपत्रप्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कसैले विद्युतीय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा यस बैंकको फोन नम्बर: ०१-४४४३८वा इमेल ठेगाना [email protected] मा जानकारी दिन पनि बैंकले अनुरोध गरेको छ ।