कीवर्डहरू -

टिसिएलले नेपालमा सार्वजनिक गर्याे गुगल टिभी

टिसिएलले नेपालमा सार्वजनिक गर्याे गुगल टिभी

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गूगल टि.भी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो  मन पर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रिन बाट नै सेलेक्ट गरेर हेर्न सक्छन् ।

गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ ।

टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरू भन्दा एक कदम अगाडि छ किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु  छन् जसले गर्दा प्रयोगकर्ताहरूले टिभी चलाउँदा  ज्यादै नै सहज र सजिलो महसुस गर्दछन् ।

यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र बिल्टइन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरूलाई पनि आफै अपडेट गर्दछ ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।