कीवर्डहरू -

प्रविधि पत्रकारको ज्ञान तथा क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको कार्यशाला सम्पन्न

प्रविधि पत्रकारको ज्ञान तथा क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको कार्यशाला सम्पन्न

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र एनसेल आजियाटा लिमिटेडले प्रविधि क्षेत्रमा रिपोर्टिङ् गरिरेहेका नेपालका पत्रकारहरुको ज्ञान तथा क्षमता अभिवृद्धीका लागि बुधबार ‘ट्रेन्डस् सेपिङ् टेलिकम्युनिकेसन’ कार्यशालाको आयोजना गरेको छ । यो कार्यशाला विश्वमा दूरसञ्चारका क्षेत्रमा भइरहेको विकास र नेपालको अवस्थाका केन्द्रित रहेको थियो ।

प्रिन्ट, अनलाइन र टेलिभिजन लगायत मिडियाका गरि ३५ जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यशालामा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डि चोङ्ले विगत दुई दशकमा दूरसञ्चार प्रविधिका क्षेत्रमा भएको विकास र परिवर्तनसँगै टेलिकम कम्पनीहरु विस्तारै टेलिकम कम्पनीबाट टेक कम्पनी बन्दै गएको बताए । उनले एनसेल पनि त्यसै दिशामा उन्मुख भएको बताए ।

एनसेलका प्रमुख सूचना अधिकृत विशालमणि उपाध्यायले च्याटजीपीटीको उदाहरण दिदै प्रविधि कसरी विकसित हुँदै अघि बढि रहेको छ र अबका यसका आयामहरु के हुन सक्छन् भन्ने कुरा प्रकाश पारेका थिए ।

कार्यक्रममा एनसेलका टेक्नोलोजी विभागका युनिट हेड विवेक पोख्रेलले अन्तरराष्ट्रिय बजारमा कसरी डेटाको प्रयोग बढिरेहेको छ र कसरी नेपालमा पनि उपभोक्ताहरु परम्परागत भ्वाइस सेवाबाट डेटामा जाँदै गरेको छन् भन्ने प्रकाश पारेका थिए ।

कार्यशालामा एनसेलका इन्टरप्राइज एन्ड होम प्रोडक्ट म्यानेजर रञ्जन शर्माले इन्टरप्राइजका लागि लक्षित गरिएको एनसेलका डेटा सेन्टरबाट प्रदान गरिने क्लाउड लगायतका सेवाहरु, फाइबर सेवा, लोकल र ग्लोबल कनेन्ट, फिक्स्ड वायरलेस एक्सेस जस्ता सेवा र महत्वका बारेमा बताइएका थिए ।

डिजिटल विकासका लागि इन्टरनेट अफ थिङ्स र क्लाउडले ठूलो महत्व राख्ने भएकाले कम्पनीले सोही अनुरुप काम गरिहेको एनसेलका इन्टरप्राइज सोलुसन म्यानेजर सुशिल बिष्टले बताए ।

टीजेएफका अध्यक्ष गोपाल साउदले दूरसञ्चार आफैमा प्राविधिक विधा भएकोले यस्तो प्रकारका कार्यक्रमहरुले प्रविधिका क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुको ज्ञान बढाउँदै उनीहरुको रिपोर्टिङ् क्षमता अभिवृद्धि गर्ने बताए । टीजेएफले प्रविधि पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।