स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । कम्पनीले रियलमी १० प्रो प्लस फाइभजी फोन नेपालमा ल्याउन लागेको हो ।
यो स्मार्टफोनको कभर्ड डिस्प्ले आकर्षक र स्टाइलिश देखिने गरी डिजाइन गरिएको छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साढे एक करोड खर्च गरिएको कम्पनीको भनाइ छ ।
यो फोनको अर्को आकर्षक पक्ष डाइमेन्सिटी १०८० फाइभजी चिपसेट हो, जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ ।
१०८ मेगापिक्सेलको मेन सेन्सर लगायत तीनवटा क्यामेरा पछाडिपट्टि राखिएको फोनमा ६७ वाटसम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ ।