कीवर्डहरू -

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा उपलब्ध

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा उपलब्ध

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ, हिमस्टारको हिटर ।

नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ ।

हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो त छन् नै, त्यसका साथै यो जाडो मौसममा पर्याप्त न्यानो पनि प्रदान गर्छन् ।

यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिन्छ ।

हिमस्टारका हिटरहरू २ हजार ३९० रूपैयाँदेखि ४ हजार ४० रूपैयाँसम्ममा उपलब्ध छन् । विगत कयौँ वर्षदेखि विश्वसनीय कम्पनीको रूपमा स्थापित हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि विक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।