कीवर्डहरू -

नेपाल बाट पनि सिडिएमए सेवा बन्द हुदै

नेपाल बाट पनि सिडिएमए सेवा बन्द हुदै

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणको बोर्ड बैठकले  सिडिएमए नेटवर्कलाई सन २०२२ सम्ममा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।

सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्नका लागि सन २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको छ। गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो।

८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा अहिले नेपाल टेलिकम सँङ्ग मात्र छ। यस अघि यो मेगाहर्जमा सीडीएम सेवा नेपाल टेलिकमका साथै  युनाइटेड टेलिकम यूटीएल ले पनि उपलब्ध गराउँदै आएको थियो।

नेपालभर सीडीएम सेवाका प्रयोगकर्ता १६ लाख १९ हजार भन्दा बढी छन।  नेपाल दूरसंचार प्राधिकरणले सिडिएमए सेवा विश्वबाट नै  हटदै गएको हुँदा नेपालमा पनि यसलाई बन्द गर्न लागिएको जानकारी दिएको छ।