कीवर्डहरू -

ग्यालेक्सी एस २३ फोनको फिचर लिक, के के छन् सुविधा ?

ग्यालेक्सी एस २३ फोनको फिचर लिक, के के छन् सुविधा ?

सामसङ ग्यालेक्सी एस २३ फोन सार्वजनिक हुनु अघिनै केही फिचरहरु बाहिरिएका छन् । हालै ग्यालेक्सी एस २३ ले टिइएनएए सर्टिफिकेसन प्राप्त गरेको छ ।

यस सर्टिफिकेसनले फोनको डिस्प्ले, प्रोसेसर, क्यामेरा र ब्याट्री क्षमता निर्धारण गर्न सहयोग पुगेको छ । फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ ।

डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोमा स्नापड्रागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ ।

स्मार्टफोनमा चार ओटा रियर क्यामेरा रहेको छ । यसमा २०० एमपीको प्राइमरी लेन्स, १२ एमपीको अल्ट्रावाईड, १० एमपीको टेलिफोटो र १० गुणा बढी अप्टिकल जुम रहेको छ । फोनमा ४८८५ एमएएचको ब्याट्री पनि रहेको छ ।