कीवर्डहरू -

आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ? 

आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ? 

आगामी मार्चदेखि आईफोन प्रयोगकर्ताले एनसेलको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवा प्रयोग गर्न पाउने भएका छन् ।

गत सेप्टेम्बर १ मा सार्वजनिक भएको एनसेलको भीओएलटीई सेवा एन्ड्रोइड फोनमा मात्रै उपलब्ध छ । तर मार्चदेखि आईफोन प्रयोगकर्ताले समेत एनसेलको भीओएलटीई सेवा प्रयोग गर्न पाउने छन् ।

अहिलेसम्म एनसेलको भीओएलटीई सेवा सामसङ, भिभो, ओप्पो, वानप्लस, ह्वावे, जेडटीई लगायतका एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध रहेको छ ।

एनसेलको भीओएलटीई सेवा ५० हजार बढीले लिएका छन् । यसबाट फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् ।

एनसेलको फोरजी सिम र भीओएलटीई सपोर्ट गर्ने फोन भएका ग्राहकहरुले *१७२०१# डायल गरी एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् ।

यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ ।