कीवर्डहरू -

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ प्रतियोगिता आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ प्रतियोगिता आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । ८ देखि १६ वर्षका बच्चाहरूलाई लक्षित गर्दै मेरो कोडिङ क्लासले नेपालमै पहिलो पटक कोडिङ प्रतियोगिता गर्न लागेको हो ।

यस प्रतियोगितामा कोडिङ सिकेका वा नसिकेका दुबै सहभागी हुन सक्नेछन् । प्रतियोगिताको प्रवेश शुल्क ४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यसमा सहभागी हुन मेरो कोडिङ क्लास को वेबसाइटमा गएर बुक नाऊमा क्लिक गर्न सकिने छ ।

प्रतियोगिता अन्तर्गत मेरो कोडिङ क्लासले सहभागीलाई १० दिनको अनलाइन वर्कशप पनि आयोजना गर्दैछ, जसमा कोडिङ सिकाइने छ । यसमा पनि ८ देखि १२ बर्षसम्मका बच्चालाई स्क्र्याचबाट र १३ वर्षदेखि १६ वर्षसम्मका बच्चालाई पाइथनबाट कोडिङ सिकाइने छ ।

वर्कशप जनवरी १ देखि सुरू हुनेछ । कोडिङ विभिन्न ब्याच राखेर सिकाइने छ । एउटा ब्याचमा ८ जना मात्रै सहभागी गराइने छ ।

१० दिनको वर्कशप पछि सहभागीले एकहप्तामा अनिवार्य एउटा प्रोजेक्ट बनाउनु पर्नेछ । उक्त प्रोजेक्टका आधारमा उत्कृष्ट छनौट गरिने छ ।

प्रथम, दोस्रो र तेस्रो हुने सहभागीलाई ट्रफीसँगै मेरो कोडिङ क्लासले क्रमशः शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेछ ।

मेरो कोडिङ क्लासले एक वर्षे लामो कोडर्स ल्याडर कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त छात्रवृत्ति कोडर्स ल्याडरमा लागु हुनेछ । यस बाहेक अन्य पुरस्कार पनि राखिएको छ ।