कीवर्डहरू -

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक

ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक भएको छ । यी फोल्डेबल स्मार्टफोन चीनमा सार्वजनिक भएको हो । यो फोनले सामसंगको ग्यालेक्सी फोल्ड फोर र ग्यालेक्सी फिल्प फोरसँग प्रतिस्पर्धा गर्ने मानिएको छ ।

फोनमा ७.१ इन्चको सामसंग ई सिक्स एएमओएलईडी डिस्प्ले रहेको छ । यसमा १२० हर्जको रिफ्रेस रेट पनि रहेको छ । फोनमा ५० एमपी मेन क्यामेरा, ४८ एमपीको अल्ट्रा वाईड लेनस र ३२ एमपीको टेलिफोटो लेन्स रहेको छ ।

फोनमा स्नापड्रागन एट प्लस जेन वान मोबाइल प्लेटफर्म रहेको छ । यस फोल्डेबल स्मार्टफोनमा १६ जिबी र्याम र ५१२ जिबी स्टोरेज रहेको छ । यस फोनको एक लाख १३ हजार ९२० नेपाली रुपैयाँ पर्नेछ ।