कीवर्डहरू -

कामना सेवा विकास बैंकद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

कामना सेवा विकास बैंकद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्‍याउने उद्देश्यका साथ एससीटी-युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

बैंकले पुस १ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी-युपीआई डेबिट कार्ड  सेवा सुचारु गरेको हो ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्गज्यू र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी-युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकाश ढुङ्गानाज्यू, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी-युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ ।

बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।